ताप्लेजुङमा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध, ओलीको क्षेत्रमा चुनाव हुँदै

२०८२ मंसिर १४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि कोशी प्रदेश अन्तर्गतको ताप्लेजुङ जिल्लामा महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा १२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

ताप्लेजुङमा खुल्ला तर्फ अनन्त बहादुर साँवा, दिपेन्द्र पोमु, छत्रपति प्याकुरेल , घनेन्द्र मादेन, प्रकाश राई र ज्ञानेन्द्र लावती निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै महिला तर्फ टीका सुवेदी, रनमाया गुरुङ, मिनाकुमारी केदेम र प्रमिला घिमिरे निर्वाचित हुनुभएको छ भने युवा तर्फ गोपाल न्यौपाने र दलितबाट बुद्धिमान नेपाली निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा भने महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेको छैन । यस अघि पार्टीको झापा जिल्ला अधिवेशन सर्वसम्मत चयन गरेको एमालेले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमानै यस पटक भने महाधिवेशन चुन्नका लागि निर्वाचन गर्न लागेको हो ।

निर्वाचन समितिले शुक्रबार साँझ उम्मेदवारहरुको सूची सार्वजनिक गरेपछि आज १३ मसिंरमा हुने निर्वाचनमा पार्टीका संगठित सदस्यहरुलाई सहभागी गराउन पार्टी नेतृत्व सक्रिय भएको बताइएको छ ।

यस क्षेत्रमा पार्टी संगठनमा क्रियाशील अधिकांश नेताहरुनै महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ ) ४ जनाका लागि १० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

खुल्ला तर्फ अम्बिका प्रसाद खनाल, उत्तम भट्टराई, तुलसी कार्की, दुर्गाप्रसाद गौतम, नगेन्द्र भण्डारी, बोधप्रसाद घिमिरे, राजकुमार थापा , राजेन्द्र कुमार सुवेदी , शिव ढुंगेल र होमबहादुर थापा महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै महिला तर्फ तीन जनाका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिस्पर्धामा उत्रिएका महिला नेतृहरुमा अम्बिकादेवी अधिकारी, कल्पना अधिकारी, देवीमाया श्रेष्ठ, नर्वदा उप्रेती गौतम, पार्वता ढकाल, भगिरथा उप्रेती (तिवारी) र लिला ढुंगेल (दाहाल) रहनुभएको छ । युवा कोटा ( ४० बर्ष उमेर भन्दा कम) तर्फ एक जनाका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

युवा पुस्ताको सहभागिता सुनिश्चीत गराउन हरेक निर्वाचन क्षेत्रमा एमालेले ४० बर्ष मुनिको एक जनालाई महाधिवेशन प्रतिनिधि अनिवार्य बनाएपछि युवा उम्मेदवारहरुको संख्या बढेको हो । युवा तर्फ कमल पौड्याल, डेन्जोङ शेर्पा, युवराज पौड्याल (विवश) , सुजन खरेल र सुसिलकुमार राईबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार