झापा / गौरादह क्रिकेट क्लबको आयोजनामा आजदेखि टेनिस बल टि-१० क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ ।
गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा २० टोलीले सहभागिता जनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगिता उद्घाटनसँगै पहिलो चरणका खेलहरू सुरु भएका छन् । भिडन्तहरू लगातार हुने क्रममा रहँदा स्थानीय खेलप्रेमीहरूको उपस्थिति उल्लेख्य देखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमै प्रतिभा विकास र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले गौरादहमा खेलप्रति समुदायको लगाव अझ बढाउने अपेक्षा गरिएको क्ल्बका अध्यक्ष सक्सेस तिमल्सिनाले बताए ।
यसैबीच प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा आयोजक क्लबले जनता माध्यमिक विद्यालयलाई ६० थान खेलकुद जर्सी हस्तान्तरण गरेको थियो ।





