झापा / अत्यधिक मदिरा सेवनका कारण झापाको दमकमा एक पुरुषको मृत्यु भएको छ ।
कार्तिक २५ गते दिउँसो अन्दाजी ३ बजेतिर दमक नगरपालिका ६ स्थित बोका हाउस अगाडि ४७ वर्षीय विनोद चौलागाई अत्यधिक मादक पदार्थ सेवन गरी लडी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनी दमक नगरपालिका–७ सयपत्री टोलका बासिन्दा हुन् ।

स्थानीयको सहयोगमा उनका भाई योगेन्द्र चौलागाईले घर लगेका थिए । तर, भोलिपल्ट (कार्तिक २६ गते) बिहान करिब ९:३० बजे बिरामी भएपछि उपचारका लागि दमक अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको र पोष्टमार्टमपछि मृतकका भाई योगेन्द्र चौलागाईले शव बुझिलिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





