शनिबारको राशीफल : कुन राशी हुनेको भाग्यफल कस्तो छ ? हेर्नुस्

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

वि.सं. २०७६ आश्विन ११ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २८ तारिख । आश्विन कृष्ण अमावस्या, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शुक्ल योग, चतुष्पाद र नाग करण ।

आजको चाडपर्व र उत्सव : पितृ विसर्जन, शनिश्चरी अमावस्या, सोह्र श्राद्धअन्तर्गत औंसी श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन ।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज रिस, उत्तेजना र आवेग बढ्ने समय हो तर आमा वा मामाको आर्शिवाद मिल्न सकेमा कुनै महत्वपूर्ण काम बन्नेछ । आज ज्ञान विज्ञान र दर्शनतर्फ आकर्षण बढ्नेछ । बौद्धिक र चिन्तनमूलक काममा समय बित्नेछ ।

सन्तानबाट सुख प्राप्त मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । प्रतिष्ठा र सहयोग प्राप्त हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्यांकन गर्ने समय छ । प्रेम सम्बन्ध मध्यम छ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्छ ।

वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)

बौद्धिक क्षेत्रमा सफलता मिल्ने छ । पारिवारिक वातावरणमा सुधार आउनेछ । पठनपाठनमा मन जानेछ । लेखन, प्रकाशन र ज्ञानज्ञुनका क्षेत्रमा सक्रियता बढ्नेछ । बौद्धिक र सिर्जनात्मक क्षेत्रमा समय बित्नेछ ।

तपाईको बौद्धिकताको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिनेछ । शुरुमा पैसाको मामलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने संकेत छ । जिम्मेवारी बोध हुने समय छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विहान सामाजिक र परोपकारका क्षेत्रमा दिलचस्पी बढ्ने देखिन्छ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना छ । आज कुनै नयाँ काममा हात हाल्नु राम्रो समय छैन । दिउँसोबाट मित्र र सहयोगीको साथ पाउन सकिदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने देखिन्छ ।

व्यापार व्यवसाय र रोजगारीका क्षेत्रबाट भनेजस्तो उपलब्धि लिन सकिदैन । शरीर आलस्य हुनुपर्छ । मानसिक समस्या र उल्झन झेल्नुपर्ने समय छ । महत्वांकाक्षी योजना कार्यान्वयन गर्न गोपनीयता अपनाउनुहोला । कुनै सरसामान हराउने वा चोरी हुने सम्भावना छ सचेत हुनुहोला ।

कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)

आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या समाधान गर्ने वातावरण बन्नेछ । मेवा मिष्ठान्न प्राप्त हुने सम्भावना छ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण काम बन्नेछ ।

परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुने समय छ । दिनदुखीलाई दिएको सानो सहयोगले भाग्योन्नती हुने समय छ । पसशुपालन र दुग्ध व्यवसायमा मनग्ये धन आर्जन हुनेछ । चेलीबेटीले माइती पक्षबाट सहयोग वा उपाहार पाउने समय छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट भोजन प्राप्त हुने योग छ ।

स्वास्थ्य पक्ष सबल छ । बोलीमा मिठास आउनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर भविष्य बनाउने समय छ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगीको साथ पाइनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । नसोचेको धन हात लाग्नेछ । कुटुम्ब पक्षबाट खुशीको खबर आउनेछ ।

कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)

आजदेखि मनमा देखिएका निराशा र खिन्नताहरु हट्दै जानेछन् । बिहान चिडचिडेपन र खिन्नता देखिन सक्छ । समग्रमा आयव्यय, सफलता–असफलता उस्तै रहने समय छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

आफूले सोचेअनुसार तुरुन्त काम नबने पनि दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन । समग्रमा आजको दिन तपाईको लागि लाभकारी नै हुनेछ ।

तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिहानको समय राम्रो छ । तर दिन छिप्पिदै जाँदा मनमा वैराग्यको भावना सञ्चरण हुनेछ । आज तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ ।

दानपुण्य र परोपकारका क्षेत्रमा लगानी हुने समय छ । कृषि क्षेत्र र पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्ने सम्भावना छ । धार्मिक, सामाजिक क्षेत्रको भ्रमण हुनसक्छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)

सरकार र राज्यपक्षबाट लाभ मिल्नेछ । रोकिएका सरकारी काम सुल्झाउनेसमय छ । साथीभाइबाट सहयोग जुटाउन सकिनेछ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र व्यापार व्यवसायमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् ।

प्रतिस्पर्धीहरु परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशु व्यवसाय र कृषि पेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । साँझपख कुनै आर्थिक लाभ हुने संकेत छ ।

धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)

मातापिता वा जेष्ठ सदस्यको आर्शिवादले काम बन्नसक्छ । कर्मसिद्धीको योग छ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रबाट काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेहरुका लागि समय राम्रो छ । व्यवसाय गर्नेले सोचेजस्तै लाभ प्राप्त हुनेछ ।

कर्मचारीले विवादमा रुमल्लिनु परे पनि जित आफ्नै पक्षमा रहेको छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समयछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । रोजगारीको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनसक्छ । बढुवा वा उन्नतिको अवसर मिल्नेछ ।

मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)

आज भाग्यबल राम्रो छ । नयाँ उद्योगधन्दा वा कलकारखाना शुरु गर्न आजको समय राम्रो छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशी खर्च हुनेछ । मान प्रतिष्ठा र मान सम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् ।

विगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी कामका कारण व्यवसायिक काममा समय दिन सकिदैन । मातापिताको चाहना पूरा गर्न आजको दिन अनुकूल रहेको छ । दिनदुखीलाई प्रशन्न तुल्याउदा भाग्योन्नति हुनेसमय छ । पठनपाठनमा प्रगति हुनेछ । दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज दिउँसोसम्म समय राम्रो छ । कुनै महत्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । व्यापार व्यवसायमा राम्रै देखिन्छ । हाँकेका र आँटेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ ।

एक्लै खटेर काम पूरा गर्ने समय छ । आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल राम्ररी नै प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनको लागि आजको समय अनुकूल रहेको छ ।

मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

दिउँसोदेखि आनन्द र खुशीको वातावरण बन्नेछ । विहान गरेका काममा ढिलोगरी सफलता मिल्नेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रशन्नताको सञ्चार हुनेछ । विलासिताका भावना जाग्नेछ ।

निर्णय क्षमताको प्रंसशा हुनेछ । प्रेम सम्बन्धका लागि समय राम्रो छ । विवादमा जित हुनेछ । उपहार, चिठ्ठा, पुरस्कार आदिबाट आकस्मिक धनलाभ हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार