अमेरिकामा सक्रिय नीता आचार्यको भक्तिभावपूर्ण शिवभजन ‘त्रिनेत्रधारी’ रिलिज

२०८२ आश्विन २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले आफ्नो नयाँ शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन् । नीताको भक्ति र समर्पणले यो भजनलाई मार्मिक बनाएको छ ।

भजनको भिडियो निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका हुन् । नेपाली फिल्म र संगीत क्षेत्रमा १५० भन्दा बढी फिल्म र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आफ्नो डान्स स्कुल सञ्चालन गरिरहेका छन् ।

अञ्जय खड्काले भिडियोको छायाङ्कन तथा सम्पादन गरेका छन् । यस भिडियोमा गायिका नीता आचार्यसँगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन् । महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन् ।

यो भजनको भिडियो हिन्दू बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर वरपर छायाङ्कन गरिएको छ ।

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नीताका लोकप्रिय गीतहरू— “समर्पण”, “जिन्दगी त सँगै जिउने हो”, र “यादहरू रंगिन संसार”— श्रोताको मनमा आज पनि ताजै छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार