सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा गौरादह ७ का वडासचिव तिवारी पक्राउ

२०८१ बैशाख २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ ग्वाल्डुबाका वडा सचिव ओमनाथ तिवारी पक्राउ परेकाछन् । जन्म दर्ता किर्ते प्रकरणको आरोपमा वडा सचीव तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सरकारी छाप र दस्तखत किर्तेगरि स्थानीय निशा माझीको जन्म दर्ताको प्रतिलिपी बनाएको भन्दै उक्त कार्यमा कैफियत देखिएपछि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन कुमार साहले जानकारी दिएका छ्न ।

तिवारीलाई मंगलबार बिहान १०:३० बजे कार्यालय परिसरबाटै पक्राउ गरिएको जनाइएको छ । पक्राउपरेका तिवारीलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरि थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा सचिव तिवारीले २०७६ सालमा कर्तब्य ज्यान मुद्दाको अभियुक्तलाइ आम माफी दिलाउन जन्ममिती घटाएर जन्म दर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा पक्राउ गरिएको श्रोतले जनाएको छ ।

साबिक जुरोपानी गाबिस वडा न ९ की ११ बर्षिया बालिका अस्मिता राजवँशीको २०७१ जेठ ३० गते भएको हत्याको अभियोगमा अदालतबाट दोषि ठहरभइ जेल सजाय भोगिरहेकी निशा माझीलाई घटनाको बखत नाबालक रहेको देखाइ २०७९ सालको संविधान दिबसको अबसरमा राष्ट्रपतीद्वारा आममाफी दिलाउन वडा सचीव तिवारीले अभियुक्त माझीको उमेर ३ बर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारीगरेको अभियोगमा पक्राउपरेको बुझिएको छ ।

अभियुक्त माझीको सक्कली जन्म दर्तामा जन्म मिती २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ सालमा वडा सचिव तिवारीले उनको उमेर ३ बर्ष घटाएर जन्ममिती २०५५ साल उल्लेखगरि प्रतिलिपि जारीगरेको श्रोतले बताएको छ ।

अभियुक्त माझीको उमेर ३ बर्ष घटाउदा हत्याको घटनाको समय अभियुक्तको उमेर १६ बर्ष मात्र देखिनेभइ अभियुक्त माझी नाबालक रहेको देखाइ २०७९ सालमा सम्माननिय राष्ट्रपतीबाट उनले बाँकी जेल भुक्तानको सजाय आममाफी दिलाएको श्रोतले बताएको छ ।

घटना अनुसार २०७१ जेठ ३० गते बिद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवँशी बेलुका ४ बजे देखि बेपत्ता भएको र २ दिन पश्चात् दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गत पर्ने जुरोपानी खण्डको सिसौ घारीमा घासले छोपेको अवस्थामा उनको शव फेलापरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार