प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना

२०७९ पुष १०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले इसाई धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रदेशप्रमुख शर्माले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै यस पर्वले हामीबीचको एकता सुदृढ गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र धार्मिक सहिष्णुता कायम राख्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो शुभकामना सन्देशमा संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष राज्य भएको भन्दै सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अनुसरण (उपयोग) हाम्रो मौलिक अधिकार रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले पर्वका अवसरमा इसाई धर्मावलम्बीका साथै बागमती प्रदेशवासी एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति र प्रगतिका लागि कामना गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार