आजको राशिफल : असोज २८ गते, बिहीबार

२०७८ आश्विन २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विसं २०७८ साल असोज २८ गते, बिहीबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १४ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– नवमी, २१ः५४ बजे उप्रान्त दशमी । नक्षत्र– उत्तराषाढा १३ः३९ बजे उप्रान्त श्रवण । योग– सुकर्मा, ८ः४० बजे उप्रान्त धृति । करण– वालव १०ः४७ बजेदेखि कौलव, २१ः५४ बजे उप्रान्त वणिज । काठमाडौंमा सूर्योदय बिहान ६ः०४, सूर्यास्त बेलुकी ५ः३४ बजे ।

मेष : काय क्षेत्रमा सामान्य अल्झन आउने छन् । मध्यान्हदेखि मनोरञ्जनमा सहभागी भइने छ । कुकुरलाई खान दिनाले राम्रो हुनेछ ।

वृष : बोलिको प्रभाव बढ्नेछ । मित्रजनदेखि यात्रा गरिनेछ । सन्ध्यामा स्वास्थ्यमा समस्या आउनसक्छ । कमिलालाई चिनी दिनु होला ।

मिथुन : सोचेभन्दा बढी खर्च हुनेछ। खानपिनमा विचार गर्नुहोला पारिवारिक समस्या बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

कर्कट : मनमा अनेक कुराहरु खेल्नेछन् । ५ मिनेट ध्यान गर्नु भएमा राम्रो हुनेछ । आफन्तदेखि मेलमिलाप हुनेछ । मध्यान्हपछि केही काम बन्नेछन् ।

सिंह : नसोचेको काम बन्नेछ । छिमेकीसँग सामान्य वाढविवाद हुनेछ । बोल्दा विचार गर्नुहोला । हनुमान चालिसा पाठगरेर काममा जानुहोस् । काय सम्पन्न हुनेछ ।

कन्या : पारिवारिक सम्बन्धमा समाया आउनेछ केहिकुरामा सहनसिलता अपनाउनु होला । वुवा आमाको चरण स्पर्श गर्नु भाग्य खुल्नेछ।

तुला : आर्थिक समुन्नति हुनेछ । नयाँ कार्य गर्ने इच्छा जाग्नेछ शत्रु बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ ।

वृश्चिक : पारिवारिक भेटघाटमा समय व्यतित हुनेछ । विहानी पख शुभकुरा सुन्नु पाइनेछ । महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

धनु : धन आर्जन हुनाले रोकिएका काम बन्नेछन् । शत्रु परास्त हुनेछ्न् । केही महत्वपूर्ण भेटघाट हुनेछ । माताभवानीको सेवा गर्नु होला ।

मकर : यात्रा गर्ने तथा नयाँ ठाउँको अवलोकन गर्ने अवसर मिल्नेछ । प्रेम प्रस्ताव आउनाले रमाइलो संग दिन वित्नेछ ।

कुम्भ : वैदेशिक कार्य बढ्नेछ केही महत्वपूर्ण भेटघाट हुनेछ । आफन्तको केही दुःखद् कुरा सुन्नु पर्नेछ । महासत्युञ्जय पाठ गर्नु राम्रो ।

मीन : बोल्दा विचार गर्नुपर्ने छ । सेचे भन्दाबढी आर्थिक धनलाभ हुनाले मनमा छटपर हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सन्ध्याकालमा मिलन हुने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार