कमलमा दमकलको प्रयोग गरेर लामखुट्टे मारिँदै, ७ जनामा डेंगी पोजिटिभ

२०८० श्रावण १७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकामा लामखुट्टेको टोकाईका कारण हुने संक्रमण औलो तथा कालाजारको प्रकोप फैलिन नदिन दमकलको प्रयोग गरेर बिषादी छर्किन थालिएको छ ।

विभिन्न वडास्थित औलो तथा कालाजार माहामारी हुने क्षेत्रमा गाउँपालिकामा रहेको वारुणयन्त्र (दमकल) को प्रयोग गरेर ब्उिजब(अथउभचmभतजचष्ल नामक बिषादी छर्किन शुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मंगलबार (पहिलो दिन) वडा नं २ स्थित क्याम्पा, वडा नं १ स्थित सरङ्पाडा र वडा ंनं ३ स्थित केर्खामा बिषादी छर्किने ( स्प्रे) गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

थप स्थानहरुमा समेत आवश्यकताका आधारमा सोही ढंगबाट बिषादी छर्किएर मच्छड मारिने गाउँपालिकाले जनाएको छ । पालिकाले वडाबासीहरुको मागको आधारमा टोल टोलमा मच्छड मार्न आवश्यक औषधि उपकरण उपलब्ध गराउने अध्यक्ष राईले बताए ।

लामखुट्टेको टोकाइका कारण हुने संक्रमण तिब्र गतिमा फैलिपछि गाउँपालिकाले स्थानीयहरुको समेत सहभागितामा बजार क्षेत्रमा पहिलो चरणको सरसफाई सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिसकेको स्वास्थ्य शाखाका निरिक्षक दिपक दहालले बताए ।

फेयर मेड र सहारा नेपाल नामक गैह्रसरकारी संस्थासँगको सहकार्यमा वडा नं ३ स्थित केर्खा , वडा नं २ स्थित क्याम्पा, वडा नं ५ स्थित पाडाजुँगी र मंगलबारे बजार क्षेत्रमा लामखुटट्ेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरिसकिएको छ ।

सरसफाई अभियानमा पालिकाका स्वास्थ्यकर्मी, स्थानीयबासी, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायत सहभागी भएका थिए ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार मंगलबार लखनपुर स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा थप एक जनामा डेंगु पोजिटिभ देखिएको छ । सो स्वास्थ्य चौकीमा अहिले सम्म १५ जनाको स्याम्पल परिक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।

त्यस्तै कमल नगर अस्पतालमा ३५ जाना को डेंगु जाँच गर्दा ६ जनामा पोजिटिभ देखिएको छ । अहिले सम्म कमल गाउँ पालिकाका स्वास्थ्य संस्थामा कूल ७ जनामा डेंगु पोजिटिभ देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार