काठमाडौं- डिआईजी जस्तै प्रहरीको एसपीको सरुवा पनि वि वादमा परेको छ । खासगरी चितवनको सरुवा वि वा दमा परेको हो ।
चितवनका एसपी दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाइएको थियो । यसप्रति नेकपाका अध्यक्ष प्रचण्डको परिवारले असन्तुष्टि जनाएपछि पन्त चितवन जाने सम्भावना कम छ । चितवन प्रचण्डको गृह जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर छन् ।
विगतमा प्रचण्डलाई फेसबुकमा श्र द्धाञ्ज ली लेखेको विषयमा पन्त वि वा दमा परेकी थिइन् । गृह जिल्लामा सरुवा गर्दा सल्लाह समेत नगरेको बताइएको छ । केही समयलाई दानबहादुर मल्ल नै चितवन बस्ने सम्भावना देखिएको छ । उनी विगतमा प्रचण्डको पिएसओ थिए । तर, चितवनमा राम्रो काम भने गर्न सकेका छैनन् ।
गत साता प्रहरुी महानिरीक्षक सर्वेन्द्र खनालले सात जिल्लाका एसपी हेरफेर गरेका थिए । १० महिनामै एसपीहरुको सरुवा भएपछि कतिपयले अ न्सन्तुष्टि जनाएका थिए ।
चितवनमै सरुवा मिलाउनका लागि एसपी पन्त पनि दौडधुपमा लागेकी छिन् ।दृष्टि न्युजमा खबर छ