कालापानी क्षेत्रमा पुग्यो नेपाली सेना ,स्थानियबासीले फेरे लामो श्वास !

२०७६ पुष ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- चिसोले कालापानी क्षेत्र रहेको व्यास गाउँपालिका–१ छाङरु र तिंकरगाउँ बस्तीविहीन छन् । त्यहाँ रहेका प्रहरी चौकी पनि दुई साताअघि छाङ्रुबाट करिब ५१ किलोमिटर दक्षिणतिर व्यास गाउँपालिका–२ दुम्लिङ सारिएको छ । यसबीचमा नेपाली सेनाको टोली भने दुईपटक कालापानी क्षेत्र पुगेर जानकारी लिएको छ ।

नेपालको बाटो भएर नेपाली सेनाको टोली करिब दुई साता अगाडि छाङरुसम्म पुगेको थियो । अर्को टोली शुक्रबार दुम्लिङ क्षेत्रमा पुगेको जनप्रतिनिधिले बताएका छन् । पहिलो टोली सेनाको हेडक्वार्टरबाटै खटिएको थियो । दोस्रो टोली पनि प्राविधिकसहित स्थलगत अध्ययनमा गएको जनाएको छ ।

सेनालाई खलंगा–तिंकर सडक निर्माणको जिम्मेवारी दिने तयारी भइरहेको छ । त्यसैको अध्ययनका लागि सेनाको प्राविधिक टोली कालापानी क्षेत्रको अध्ययनमा गएको जनाएको छ । दुम्लिङभन्दा उत्तरतिरको बाटोको अवस्थाको अध्ययन, त्यस क्षेत्रमा सडक निर्माण गर्दा आवश्यक पर्ने जनशक्ति र विस्फोटक पदार्थको भण्डारणका लागि अध्ययन गर्न सेनको प्राविधिक टोली स्थलगत अध्ययनमा गएको जनाएको छ ।

स्थानीय सरकारसाग समन्वय र सहकार्य गरेर टोली त्यहाा पुगेको हो । यसैबीच, व्यास गाउँपालिका–२ दुम्लिङदेखि व्यास–१ छाङरुसम्म जोड्ने घोडेटो बाटो निर्माणको तयारी थालिएको छ । केही दिनमै सर्भेका लागि टोली आउने र त्यसले दिने प्रतिवेदनका आधारमा बजेट विनियोजन हुने सांसद गणेशसिह ठगुन्नाले बताए ।

त्यस्तै, व्यास गाउँपालिका–१ गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रहने भएको छ । मन्त्रिपरिषद् बैठकले बिओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्ताव गरिएको जमिन दर्ता गर्न स्वीकृति दिएको सांसद ठगुन्नाले बताए ।

‘जग्गा प्राप्तिसागै त्रिदेशी सीमा क्षेत्र, कालापानी नजिक सशस्त्रको बिओपी स्थापना हुनेछ,’ उनले भने । बिओपी निर्माणका लागि सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई एक करोड रुपैयाा निकासा भएको छ । १५ रोपनी जग्गा सशस्त्र प्रहरीको नाममा दर्ता भएसागै बिओपी निर्माण गर्ने बाटो खुलेको गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

गागामा सशस्त्र प्रहरीले भवन, खाद्यान्न भण्डारण, घेरापर्खाल, सुरक्षा निगरानी पोस्ट, प्रवेशद्वार, प्रतिक्षालय, जमिन संरक्षण, जेनरेटर खरिद तथा सौर्य उर्जा प्रणाली जडान गर्ने जनाएको छ । प्रहरीसमेत नरहेको कालापानी क्षेत्रमा सैनिक टोली पुगेको र दुम्लिङदेखि छाङरुसम्मको बाटो निर्माण सुरु भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाटो बनेपछि आवतजावत गर्न सहज हुने स्थानीय बासिन्दा हरकसिंह बुढाथोकीले बताए । नयाँपत्रिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार