अम्बानीको ‘प्रि-वेडिङ’ भारत आएकी रिहान दुइ दिन पनि नवसी फर्किइन्

२०८० फाल्गुन २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जामनगर, २१ फागुन । पछिल्लो तीन दिनदेखि गुजरातको जामनगरमा आयोजना भइरहेको अम्बानी परिवारका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । जहाँ बलिउडदेखि क्रिकेटर, राजनीतिज्ञदेखि लिएर धेरै विदेशी पाहुना पनि सहभागी भइरहेका छन् ।

उत्सवका तस्बिर र भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेका छन् । मार्च १ बाट सुरु भएको प्रि–वेडिङ समारोह मार्च ३ सम्म चलेको थियो । यस्तो अवस्थामा हलिउड गायिका रिहानाले पहिलो दिन शानदार प्रस्तुति दिएकी थिइन् तर गायिका आफ्नो प्रस्तुति लगत्तै अमेरिका प्रस्थान गरेकी खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

जसका कारण मानिसहरुको मनमा अनेकौं प्रश्न र उत्तरहरु उब्जिएका छन् । अब गायक बिदा हुनुको कारण बाहिर आएको छ । उनी कारमा साथी मेलिसा फोर्डसँग इन्स्टाग्राम लाइभमा देखिएकी छिन्। हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार यस क्रममा उनीहरु दुवै कुरा गर्दै देखिए । जब रिहानाले सोधियो कि, ‘के साँच्चै लाइभ हुनुहुन्छ ?’ जवाफमा उनी भन्छिन्, ‘मैले भारतमा राम्रो समय बिताएँ। मसँग दुई दिन मात्रै थियो । मेरो भारतबाट छिट्टै प्रस्थान गर्नुको कारण मेरा बच्चाहरू थिए। जसका कारण म चाँडै फर्किनु पर्यो ।’ 

रिहानाले अनन्त–राधिकाको प्रि–वेडिङमा डायमण्ड्स, व्हेयर ह्याभ यू बिन, रुड ब्वाय एन्ड पोउर इट अप जस्ता हिट गीतहरू गाएकी थिइन र अरूलाइ पनि नचाएकी थिइन। जसका लागि यी गायिकाले ठूलो रकम समेत लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार