गौरादहमा आँखा पाक्ने समस्या बढ्दै

२०८० श्रावण १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो केही दिनयता गौरादह नगरपालिकामा आँखा पाक्ने समस्या बढ्न थालेको छ । विशेष गरेर बालबालिकामा तीव्र गतिमा यो रोग फैलिइरहेको छ । भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् ।

सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि भिडभाडमा यात्रा गर्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।

बिहिबार गौरादह नगरपालिका भित्रका विभिन्न विद्यालयले अधिकांश विधार्थीहरुलाई घर फिर्ता पठाएको छ । विधार्थीहरुको आँखामा समस्या देखिएपछी अन्य विधार्थीहरुलाई पनि यो रोग सर्न सक्ने भन्दै विधालयले आँखा पाकेका वा आँखा रातो भएका विधार्थीहरुलाई अभिभावकको साथमा घर पठाएको हो ।

रोकथाम र उपचार

–एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।

–ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।

–सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।

–आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।

–बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।

–दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।

–आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।

–आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार