स्वतन्त्र व्यवसायी गौरादह नगर अध्यक्षमा सुमन श्रेष्ठ

२०८० जेष्ठ १७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / स्वतन्त्र व्यवसायी गौरादह नगर अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन्।

स्वन्तन्त्र व्यवसायीहरुको भेलाले एकुरेट अकाउन्ट सोलुसनका संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

भेलाले ११ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। स्वतन्त्र व्यवसायीहरुको उपाध्यक्षमा भक्तिप्रसाद ढुंगाना, सचिवमा दिननाथ प्रसाईं, सह-सचिवमा भेषराज कंडेल, कोषाध्यक्षमा जमुना खनाल निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रकाश बाँस्कोटाले जानकारी दिए।त्यस्तै, सदस्यहरुमा होम कार्की, नवराज थापा, नागरितलाल माझी, यज्ञराज चम्लागाई, हरि बर्देवा र ईन्दिरा कार्की निर्वाचित भएका छन्।

आज गौरादह नगरपालिका २ मा भएको कार्यकममा करिब ६० जना व्यवसायीहरुको उपस्थिति रहेको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यापारी र व्यवसायीका हितमा कटिबद्व रहने बताए। उनले स्थानीय व्यापारीहरुले भोग्नु परेको समस्या समाधानमा नयाँ समितिले काम गर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय