गौरादह १ को मोक्षेश्वर शिवालय मन्दिरमा १०८ शिवलिंङ्ग निर्माण गरिदै

२०८० चैत्र ७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा/ गौरादह नगरपालिका वडा नं. १ मा पर्ने मोक्षेश्वर शिवालय मन्दिरको संरक्षण र प्रचारप्रसार गर्ने लक्ष्यका साथ १०८ शिवलिंङ्ग निर्माणको लागि शिलान्यास गरिएको छ । बुधबार बिहान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि गौरादह नगरपालिका वडा नं. १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।

२०७५ सालमा निर्माण भएको यस मन्दिरमा गौरादह १ का पुरुषोत्तम गौतमका तर्फबाट मन्दिर परिसरमा निर्माण गरिने १०८ शिवलिंङ्ग प्राप्त भएको हो । पुर्ववचन अनुसार मन्दिरलाई १०८ शिवलिंङ्ग प्रदान गरिएको गौतमले बताउनुभयो । सो मन्दिरमा १०८ शिवलिंङ्ग स्थापना भएपछि दर्शन गर्नकै लागि पशुपति र अर्जुनधारासम्म धाउनु पर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बिष्टका अनुसार १०८ शिवलिंङ्ग स्थापनाका साथै १४३ मिटर लम्बाई र ४ फिट ५ इन्च उचाई रहने गरि मन्दिरको घेराबाराको लागि करिव दशलाख रुपैयाँ खर्च गरिनेछ ।

मन्दिरका सल्लाहकार समिति संयोजक जुद्दबहादुर बिष्टले थप जग्गा खरिद गर्ने योजनाका साथ मन्दिरका आजीवन सदस्यबाट न्युनतम एक हजार रुपैयाँ संकलन गरिनेछ । हाल मन्दिरमा ३१० जना आजीवन सदस्य रहेका छ्न ।शिलान्यास कार्यक्रममा स्थानीय धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार