कमलमा दलित विद्यार्थीलाई स्नातक तह अध्ययनमा छात्रवृति

२०८० माघ १६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलव्ध गराउने भएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८० -८१ को नीति तथा कार्यक्रममा समावेश दलित विद्यार्थीका लागि स्नातक तह अध्ययनमा सघाँउ पुरयाँउन छात्रबृति रकम उपलव्ध गराउने भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

पालिकाका ७ वटा वडामा स्थायी बसोबास गरिआएका दलित विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा सघाँउ पुरयाँउन यसकिसिमको छात्रवृति कार्यक्रम शुरुवात गरिएको उनले बताए । विपन्न दलितका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाँउन यसवर्षदेखि स्नातक तहमा छात्रवृति उपलव्ध गराउने उनले जानकारी दिए ।

पालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेका अनुसार छात्रवृतिका लागि वडा तथा सम्बन्धित शिक्षण संस्थाको सिफारिस, बार्षिक शुल्क प्रमाणित हुने गरि शिक्षाको पत्र वा बुझाएकोे रसिद, कमल गाउँपालिकाको स्थायी ठेगाना खुल्ने कागजात, शैक्षिक प्रमाणपत्रको प्रतिलिपीसहित व्यवहोरा खुल्ने निवेदन पेश गर्नु पर्ने हुन्छ । पालिकाले यस्तो सुविधा लिन सार्वजनिक सूचना निकालेर यहि माघ २८ गते भित्र निवेदन पेश गर्न लक्षित वर्गसंग अनुरोध समेत गरिएको सूचनामा उल्लेख छ ।

पालिकाले दलित विद्यार्थीको स्नातक तह छात्रवृति कार्यक्रम परीक्षणका रुपमा पहिलोपटक शुरुवात गरिएको र यसका लागि यसवर्ष रु ३ लाख वजेट बिनियोजन गरेको जनाएको छ । सोहि वजेटको परिधि भित्र रहेर निवेदनका आधारमा छात्रबृति उपलव्ध गराउने शिक्षा शाखा प्रमुख न्यौपानेको भनाई छ । यसवर्ष त्यही वजेटबाट छात्रवृति वितरण गरिने भएपनि आगामी वर्षदेखि निवेदनको आधारमा माग कति आए त्यसैअनुसार वजेट बृद्धि गर्दे लैजाने उनले जनाएका छन् ।

शैक्षिक गुणस्तर उकास्न अभिप्रायले फरक कार्यक्रम गरिआएको कमलले यसअघि पालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आफना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरि पढनु पर्ने नियम कार्यान्वयनमा ल्याएको छ । यसैगरि, पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका परिषरमा राजनीतिक कार्यक्रम गर्न ,गराउन समेत रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय