दुर्लभ वन्यजन्तु हिँउ चितुवा उर्लाबारीमा भेटियो

२०८० माघ ९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङको उर्लाबारी–१ चारघरेमा दुर्लभ वन्यजन्तु हिँउ चितुवा फेला परेको छ । स्थानीय बाँस झ्याङमा हिउँ चितुवा फेला परेको हो । कहाँबाट आएको हो भन्ने बारेमा एकिन नभएको जनाइएको छ ।

हिँउ चितुवा देखेपछि स्थानीयबासीहरु विहानैदेखि हेर्नको भिड लागेको थियो । विहान ९ बजेदेखि स्थानीयले हिँउ चितुवा देखेका थिए । स्थानीय तथा जनप्रतिनिधिहरुले सव वन डिभिजन कार्यालय मंगलबारेमा जानकारी गराएको थियो ।

त्यसपछि कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले बेहोस बनाउने औषधिको सहायताले नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिए ।

हिउँ चितुवा कहाँबाट आयो भन्ने बारेमा एकिन भने नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय