गौरादह, १६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गौरादह नगर सभापति जगत अधिकारी पक्राउ परेका छन् ।
झापाको गौरादह नगरपालिका ५ स्कुलचौनको सत्कार होटलमा तास खेलिरहेको अवस्थामा गौरादह ३ निवासी अधिकारीसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।

होटलमा तास लगायतका जुवाजन्य खेल भईरहेको गोप्य सूचनाका आधारमा गएराति छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले तास खेल्दै गरिएको खालबाट नगद रु १ लाख ६ हजार ६२० रुपैयासहित तीन बुङ तास समेत बरामद गरिएको प्रहरी निरीक्षक नविन राईले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा रास्वपा गौरादह नगर सभापति अधिकारी, सोहि पार्टीका गौरादह ४ का वडा सभापति युबराज खड्का , स्थानीयहरु भरत कार्की , हृदय सुवेदी, टंक बराल, सुन व्यवसायी राम फुयाल , केदार मगर, नबराज भट्टराई , रोशन खत्री, बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ्ग रहेको प्रहरीले जनाएको छ ।
सो होटलमा लामोसमयदेखि जुवाजन्य प्रतिवन्धित खेलहरु हुदैआएको प्रहरीको दावी छ । पक्राउ परेका जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धानका लागि म्याद थप गर्ने कार्य भईरहेको प्रनि राईले बताए ।





