कमल गाउँपालिकामा क्षयरोग खोजपड्ताल कार्यक्रम सुरु

२०८० चैत्र २०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकामा “समुदायमा क्षयरोग खोजपड्ताल कार्यक्रम” शुरु गरिएको छ । पालिकाको स्वास्थ्य शाखाले कमल १ र २ वडा समुदायलाई लक्षित गरि क्षयरोग खोजपड्ताल सञ्चालन गरेको हो ।

कमल १ स्थित कमलपोखरी भवनमा आयोजित सो कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल अफिसर डा. रबिन्द्र शर्माको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका र कर्मचारीहरु सहितको टोली संलग्न थिए ।

टोलीले त्यहाँका ३८ जनाको खकार संकलन गरि नगर अस्पतालमा खकार जाँचका लागी लगिएको वडाअध्यक्ष केदार कटुवालले जानकारी दिए ।

कमल गाउँपालिकाको आयोजनामा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत कमलका ७ वटै वडामा क्षयरोग पड्ताल कार्यक्रम सञ्चालन गरिने जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार