राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह १ को सभापतिमा पुन: बाँस्कोटा निर्वाचित

२०८० फाल्गुन ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह वडा नं १ को प्रथम अधिवेशनबाट पुन: कृष्णप्रसाद बाँस्कोटा सभापतिमा सर्वसम्मत चयन भएका छ्न। शनिबार भएको पार्टीको वडा अधिवेशनबाट बाँस्कोटाकाे नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएकाे हो।

समितिकाे सचिवमा अर्जुन खड्का र सदस्यहरुमा जीवन आचार्य,किशाेर श्रेष्ठ, सबिता मिश्र ( पौडेल ) पार्वती पाेख्रेल, बन्दना ढुङ्गाना, सुमित्रा परियार, राजन रिजाल सर्वसम्मत चयन भएका छन। अन्य २ जना सदस्य समितिकाे प्रथम बैठकबाट मनाेनित गरिने पार्टीले जनाएको छ।

पार्टीका वडा नं.१ का सभापति कृष्णप्रसाद बाँस्कोटाले वडाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। वडा अधिवेशनका प्रमुख अतिथि पार्टीका कोशी प्रदेश ईन्चार्ज ओम भण्डारीले अधिवेशनकाे उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरताका कारण मुलुक धराशायी अवस्थामा पुगेकाे धारणा राखेका थिए।

राणा शासन देखि गणतन्त्रसम्म आइपुग्दा राजनीतिक अवस्थामा परिवर्तन आएपनि जनताकाे अवस्थामा परिवर्तन नभएकाे बताए। दिन प्रतिदिन शैक्षिक बौद्धिक ब्यक्तित्वहरु राेजगारीकाे शिलशिलामा बिदेशिदा मुलुककाे अवस्था जर्जर हुन पुगेकाे धारणा राखेका थिए।

कार्यक्रममा पार्टीका झापा जिल्ला संयोजक उमेश खरेल, क्षेत्रीय सभापति देबि पाठक,प्रदेश बिभाग सदस्य पुष्प ढकाल,गौरादह नगर अध्यक्ष जगत अधिकारी, नगर सचिव प्रबिण बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए।

वडा उपसभापति बन्दना ढुङ्गानाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य अर्जुन खड्काले कार्यक्रम संचालन गरेका थिए।

समितिकाे कार्यकाल ५ बर्षकाे रहने जनाइएको छ। प्रदेश कमिटी सदस्य सुरेश कुमार पाेख्रेल, प्रदेश बिभाग सदस्य केपि सिवाकोटी,  गौरादह नगर काेषाध्यक्ष मिना सापकोटा (काेइराला ) ले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई शुभकामना दिएकी थिइन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार