कमल नगर अस्पताल दोस्रो वर्षमा प्रवेश, सेवाग्रहीको संख्या दिनानुदिन बढ्दै

२०८० फाल्गुन २, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको कमल गाउँपालिका २ क्याम्पास्थित कमल नगर अस्पताल पहिलो वर्षपूरा भई दोश्रो वर्ष प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाले अस्पतालमा उपचारका लागि आएका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

बार्षिकोत्सवमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,कमल १ का वडाअध्यक्ष केदार कटुवाल,स्वास्थ्य शाखा प्रमुख विमल थापा लगायतले फलफूल वितरण गरेका थिए ।

बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष राईले यस अस्पताललाई आकस्मिकसहित २४ सै घण्टा स्वास्थ्य सेवा पुरयाँउने गरि काम अघि बढाईएको जानकारी दिए ।

अहिले एमर्जेन्सी र ल्याबका लागि भवन निर्माण भईरहेकोले भवन निर्माण सम्पन्न पछि सेवा आकस्मिकसहित सवै सेवालाई थप विस्तार गरिने उनको भनाई छ । उनले भने, –‘अव यस अस्पतालमा विशेषज्ञ सहितको सेवा बिस्तार चाडै सुचारु हुने छ ।’

साविक तोपगाछी स्वास्थ्य चौकीलाई स्तरन्नति गरि गत वर्षको फागुन १ गते देखि ५ शैयाको रुपमा शुरु भएको यस अस्पतालमा हाल स्वास्थ्य बिमा कार्यक्रम सहितको सेवा विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

ओपीडी सुविधा लिने १५ हजार नाघ्यो

कमल नगर अस्पतालमा सेवाग्रहीको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य चौकी हुदाँ बहिरङ सेवा (ओपीडी ) सेवा लिन आउनेको संख्या ४ हजार सय थियो भने अस्पताल शुरु पछि यो संख्या दोव्वर बढ्ेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले जानकारी दिए ।

स्वास्थ्य शाखाका अनुसार अस्पताल सुचारु भए पछि अघिल्लो आर्थिक वर्षमा १० हजार सेवाग्राहीले यो अस्पतालबाट सेवा लिएका छन ।

अस्पतालमा क्रमश सेवाहरु थपिँदै जाँदा अहिले चालु वर्षको माघ मसान्तसम्म अघिल्लो वर्षको तुलनामा विरामीले सेवा लिने संख्यामा ह्वात्तै बढ्ेको उनको भनाई छ । माघ मसान्तसम्ममा अस्पतालको बहिरंग सेवा लिनेको संख्या करिव १५ हजार पुगेको छ ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. फुलकचन्द्र लावती, मेडिकल अधिकृत डा. रबिन्द्र शर्मा लगायतका स्वास्थ्य चिकित्सकहरु कार्यरत छन् ।

यसैगरि, अस्पतालले २०७९ फागुनदेखि २०८० असार मसान्तसम्म बिमाबाट मात्र अस्पतालले २७ लाख ६४ हजार रकम आम्दानी गरेको छ भने बिमा बाहेकका बिरामीहरुबाट सशुल्क १ लाख ६१ हजार रुपैयाँ उपचार सेवा शुल्क वापत प्राप्त भएको अस्पतालका सूचना अधिकारी टिकाराज वर्देवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार