किओच बाल अस्पताल दमकमा १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार हुने

२०८० माघ ९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको दमकस्थित किओच बाल अस्पताल दमकबाट १० बर्ष मुनिका सबै बालबालिकाको उपचार सेवा निशुल्क गर्ने विषयमा सम्झौता भएको छ ।

कोशी प्रदेश सरकार र अस्पतालबीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भैइसकेको किओच दमक बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका बाल रोग विशेषज्ञ डाक्टर जयमणी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस सम्बन्धिको सम्झौता मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा काठमाडौ इन्स्टीच्युट अफ चाइल्ड हेल्थका सस्थापक अध्यक्ष डाक्टर भगवान कोइराला र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर सुधा देवकोटाले हस्ताक्षर गरेका बताइएको छ ।

यहि माघ १५ गतेदेखि यो सम्झौता कार्यन्वयनमा आउने बताइएको छ । सम्झौताको बिस्तृत विवरण प्राप्त भई नसकेपनि प्रारम्भिक चरणमा अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी बालबालिका र सम्बन्धीत जिल्ला अस्पताल वा सरकारी स्वास्थ्य इकाईबाट रिफर भैइ आएका बिरामीले यो सुबिधा पाउनेछ्न ।

अस्पतालमा लामो समय भर्ना हुनुपर्ने अवस्थामा बालबालिकाहरुले पैसाको अभाव झेल्नु नपरोस भन्ने उद्देश्यले यो कार्यक्रम नेपालमानै पहिलोपटक ल्याईएको हो । किओचसगै कोशी प्रदेशमा बिराटनगरस्थित अन्य तीन वटा निजी अस्पतालसग पनि प्रदेश सरकारले एकैसाथ सोही प्रकृतिको सम्झौता गरेको बताइएको छ ।

किओच अस्पतालका सस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बाल अस्पतालको अवधारणा ल्याई किओच स्थापना गरेका हुन भने किओचले प्रदेशस्तरमा बाल बिशिस्टिकृत अस्पतालको योजना अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय