महापुराणको आयव्यय सार्वजनिक

२०८० माघ ९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह – १ स्थित गोपेश्वर कृष्ण गंगाघाटमा गत पौष १५ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको शिव महापुराण तथा धनधान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।

सोमबार घाट व्यवस्थापन समितिले आयव्यय सार्वजनिक गरेको हो । गौरादह नगरपालिका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम पुराण आयोजक समितिका संयोजक टंक कार्कीको सभापतित्वमा भएको थियो ।

महायज्ञबाट ३४ लाख ५६ हजार ६५ रुपैयाँ नगदी रसिदबाट संकलन भएको आर्थिक समितिका संयोजक जुद्वबहादुर बिष्टले जानकारी दिए । महायज्ञमा खर्च ९ लाख ३२ हजार ७ सय ४० रुपैयाँ भएको जनाइएको छ । २ लाख १२ हजार ४१ रुपैयाँ बचनदानबाट उठन बाँकी रहेको र २३ लाख ११ हजार ८ सय ३४ रुपैयाँ समितिको बैंक खातामा नगद मौज्दात भएको छ ।

महायज्ञमा जिन्सी तर्फ स्व. कर्णबहादुर बिष्टकी धर्मपत्नी पदमकुमारी बिष्ट परिवारबाट १५ धुर जग्गा प्राप्त भएको जनाइएको छ । यस्तै, सुरेश तिवारी परिवारबाट १५ हजार रुपैयाँ बराबरको एक थान स्टिल दराज, फर्निचर व्यावसायी प्रकाश बाँस्कोटाबाट एक थान दान पेटिका, लिला बिष्टबाट एक थान सात सय ग्रामको घण्टा प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय