सहकारी अभियान्ता अधिकारीले जिल्ला बचतको हिसाब मिलान नगरेको तथ्य फेला

२०८० माघ ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक/ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)को हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट निर्वाचित महासचिव घनश्याम अधिकारीले जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको हिसाब मिलान नगरेको पाइएको छ ।

झापामा बचत तथा ऋण सहकारी संघको जिल्ला अध्यक्ष पदमा रहँदा उनले अपारदर्शी रुपमा संघ चलाएको तथ्यहरु बाहिर आएका हुन । यसबारेमा २३ पुषमा सम्पन्न संघको १२ जिल्ला अधिवेशनमा औपचारिक रुपमै कुरा उठेको छ ।

अधिवेशनमा सार्वजनिक भएको लेखा समितिको प्रतिवेदनमा अधिकारी नेफस्कुनको जिल्ला अध्यक्ष रहँदा आर्थिक बर्ष २०७८/०७९ मा नेफ्स्कुनको बचत शिर्षकको ५७ हजार ६ सय ९४ रुपैयाँ साँवाको हिसाबमा मात्र मिलान गरिएको देखिएकाले सो रकम सम्बन्धित व्यक्तिबाट असुल उपर गर्नुपर्ने भनि लेखा समितिले सुझावसहितको टिप्पणी गरेको समाचार स्रोतको दाबी छ ।

अधिकारीले उपलब्ध गराएको सिद्धार्थ बैंक चन्द्रगढी शाखाको चेकबाट सो हिसाब मिलान गरिएको भनिए पनि सो चेकबाट हिसाब मिलान नभएको जनाइएको छ । उनकै कार्यकालमा संघबाट गरिएको भनिएको कतिपय ऋण लगानीमा तमसुक समेत नगरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसबाट संघलेनै देखाएको सो ऋण लगानी हो वा होइन भन्ने द्धिविधाको अवस्था समेत सिर्जना भएको छ । सहकारी क्षेत्रमा विकृतीका बिषयमा बोलेर नथाक्ने सहकारी अभियान्ताहरु स्वयंले नेतृत्व गरेका सहकारी सम्बद्ध संघ संस्थाहरुका नेतृत्वकर्ता, सहकारी अभियान्ताहरुलेनै पारदर्शी रुपमा संघ संस्था सञ्चालन नगरेबाट यो क्षेत्र विकृतिमुक्त बनाउने साँचो प्रयासमा अभियान्ताहरु स्वंयनै लाग्न नसकेको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय