साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ ।
लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकीएको छ ।
मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
नेप्से परिसुचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ ।
साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसुचकहरुमा वृद्धि भएको छ ।