आमा भन्नुहुन्छ: ‘गाउँमा बसेर पत्रकारीता नगर बाबु !’

मान्छेका बारेमा के-के लेख्छस्, मान्छेलाई चिढाएर हामीलाई एक्लाे किन बनाउँस्? रातीराती हिड्छस्, मान्छेसँग जाेरी खाेज्छस् । घरबार भएकाे मान्छेले गर्ने काम हैन याे, सहरका धनी मान्छे, टन्न पैसा भएकाले गर्ने काम हाे । आफन्त, छिमेकीले कुरा काट्छन, यस्ताे गर्याे, उस्ताे गर्याे भन्छन्

२०८० बैशाख ४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
  • मिलन अधिकारी

केहि दिन अगाडि मेराे आमाले मलाई अगाडि राखेर भन्नुभयो ‘गाउँमा बसेर पत्रकारीता नगर बाबु!’

मान्छेका बारेमा के-के लेख्छस्, मान्छेलाई चिढाएर हामीलाई एक्लाे किन बनाउँस्? रातीराती हिड्छस्, मान्छेसँग जाेरी खाेज्छस् । घरबार भएकाे मान्छेले गर्ने काम हैन याे, सहरका धनी मान्छे, टन्न पैसा भएकाले गर्ने काम हाे । आफन्त, छिमेकीले कुरा काट्छन, यस्ताे गर्याे, उस्ताे गर्याे भन्छन् ।

छाेडि’दे पत्रकारीता ,बरु केही जागिर खा, बिदेशै गएपनि हुन्छ, पैसा त कमाउँछस् ! न पैसा हुन्छ नत् जस पाउछस् यस्ताे काम नगर बाबू ! मेराे आमाले यी शब्द भनिरहँदा म नि:शब्द थिए !

मेराे शिर झुकेकाे थियाे, मनमा अनेकन प्रश्नहरुले पाैंठेजाेरी खेल्दै थिए । फेरि आमाकाे मुखमा हेरे उहाँकाे भनाईमा छाेराे प्रतिकाे अगाध माया झल्किन्थाे, उहाँमा कतै नकतै छाेराेलाई केही भईहाल्छ कि गरिहाल्छन् कि भन्ने डर लुकेकाे थियाे ? छाेराेले याे पेशामा लागेर पैसा कमाउन सकेन, यसको जीवन दु:खमै बित्ने भाे भन्ने पनि लागेकाे थियाे हाेला सायद् !

खासमा त्यतिवेला म नाजवाफ जस्तै भएकाे थिए आमाकाे कुराले, मेराे दिमाख शुन्यमा थियाे । तर, मैले मेरीआमालाई ‘तपाईं बुझ्नुहुन्न आमा पत्रकारीता’ भन्ने जवाफ दिनसम्म सकेंकाे याद छ । त्यतिवेला मेराे मुखबाट किन यस्ताे शब्द आयाे थाहा छैन तर मैले दिएकाे जवाफ यहि हाे ।

यतिवेला यी हरफहरु लेख्दै गर्दा मेरी आमाले भनेका शब्दहरु म र मजस्ता धेरैका आमाका भावना हुन् कि भन्ने लागिरहेकाे छ । म र मेरी आमा त प्रतिनिधि मात्र पाे हाैं कि, याे त ग्रामिण भेगमा बसेर पत्रकारीता गरिरहेका अधिकांश पत्रकारकाे घरघरकाे कहानी नै त हैन ? तर, पत्रकारीता प्रति परिवारकाे किन यस्ताे वितृष्णा ? के गाउँमा बसेर पत्रकारीता गर्न नसकिने नै हाे त ?

पत्रकारीता हाम्राे समाजकाे ऐना र राज्यले ताेकेकाे चाैथाे अंग हाे । राज्यका तीन अंग व्यावस्थापिका, कार्यपालिका र न्यायपालिकाकाे सन्तुलन नै राज्य हाे । यस्काे सन्तुलन नमिल्दा राज्यमा मनाेमानी बढ्छ, यसका मातहतका निकायले सहि ढंगले काम नगर्दा आम जनताले राज्यकाे अनुभुती गर्न पाउँदैनन् । भ्रष्टाचार, वेथिती, अन्याय, अत्याचार, थिचोमिचो बढ्दा निमुखाहरु संधै राज्य विहिनकाे अवस्था हुन्छन् ।

हाे, यसैलाई खवरदारी गर्ने र राज्यलाई सबैकाे हाे भन्ने अनुभुती दिलाउन र जवाफदेही बनाउन भूमिका खेल्ने चाैथाे अंगका रुपमा पत्रकारीतालाई लिईन्छ । पत्रकारीताकाे माध्यमबाटै धेरै निमुखाले न्याय पाएका छन्, धेरैकाे पिडामा मल्हम लागेकाे छ, कतिकाे ज्यान बचेकाे छ, कतिले नयाँ जीवन पाएका छन्, धेरै बिदेशमा अलपत्रहरु घर फर्किन पाएका छन् ।

पत्रकार र पत्रकारीताले राज्यलाई चुस्तदुरुस्त बनाउने यति महत्वपुर्ण याे पेशा किन गलत हाे ? गाउँमा बसेर निमुखाकाे आवाज बन्नु, वेथितीकाे बारेमा लेख्नु, बाेल्नु अपराध हाे र ?

प्रश्न त याे पनि उठ्छ मेरी आमा र अन्य आमाहरुकाे दिमागमा कस्ले यस्ताे कुरा भर्याे ? सामान्य साक्षर मेरी आमालाई यस्ताे कुरा भन्न बाध्य पार्ने याे समाज र यसका ठेकादारहरु हैनन् र ? मेरी आमाकाे दिमाखमा यस्ताे कुरा भर्नेले, समाजलाई कत्ति भ्रममा राखेका हाेलान् ?

मेराे नजरमा याे समाजमा सबै राम्राे भैरहेकाे छैन । कसैलाई राम्राे लाग्दैमा, राम्रै भन्नुपर्छ भन्ने हुदैंन । बस्तुगत बिश्लेषणकाे आधारमा राम्राे नराम्राे छुट्टिने हाे । सामान्य नजरले देखिने र तुलनात्मक नजरले देखिने कुराहरु फरक हुनसक्छ ।

राम्राेलाई राम्राे र गलतलाई गलत भन्नु मेराे पेशाकाे हिसाबले त धर्म हाे । मैले लेखेकै आधारमा काेहिसंग डराउनुपर्ने अवस्थाकाे राज्य हैन याे । म सामाजिक संजालमा लेख्छु अथवा पत्रिका, अनलाईन जहाँ जुन माध्यम पाउँछु लेख्छु। लेखेकाे आधारमा पत्रकारलाई यस्ताे, उस्ताे भन्नू र परिवारलाई मानसिक तनाव दिनु गलत हाे !

तर, त्याे पत्रकारकाे व्याक्तिगत रुचिकाे बिषय हाे । काेहि महल, गाडिमा रमाउलान काेही सुख्खा राेटी र पैदल हिड्नमै खुसि हाेलान् । त्याे उस्काे राेजाई हाे । सबैले सबैकुरा पाउनैपर्छ भन्ने कहीँ लेखेकाे छ जस्ताेपनि लाग्दैन । मेराे बुझाईमा जाे जेमा रमाउन चाहन्छ, उस्लाई राेक्न खाेज्नु गलत हाे ।

मैले भन्न खाेजेकाे याे पनि हैन कि जन्मे हुर्केकाे ठाउँमै बसेर त्यहि ठाउँ र त्यहीँकाे मानिसहरुमाथि औला उठाउँदै गर्दा मलाई र पेशालाई महान हाे भन्दिउन् । तर, यति चै हाे बिषय केन्द्रित भएर उठाईएका कुरालाई त्यहि अनुरुप स्वीकार्न किन नसकेकाे ? बिषयलाई व्यक्तिसंग जाेडेर पत्रकारकाे परिवारलाई मानसिक तनाव दिनु जायज हाे र ?

एकै ठाउँमा बसिसकेपछि व्याक्तिगत रुपमा सबैले सबैलाई चिनेकाे हुन्छ । नचिनेकाेलाईपछि खाेज्दा भेटिन्छ । यस्ताे समाजमा बसेर पत्रकारीता गर्ने पत्रकारले किन सधै मानसिक तनाव झेल्नुपर्ने ? कसैले गरेकाे गल्ती औंल्याउदा घरमै गएर तनाव, कुनै विषय उठाउँदा पनि तनाव, केहि लेख्याे तनाव, नलेख्याे तनाव, यस्ताे कहिलेसम्म झेल्नुपर्ने हामीले ?

देशमा कानुन छ, प्रशासन छ । साईबर कानुन छ, पत्रकारीता आचारसंहिता छ । लेखेकाे कुरा चित्त बुझ्दैन भने सम्वन्धित निकायमा उजुरी गर्दा, कार्वाही हुन्छ । गलत लेखेकाे छ, कानुन विपरीत छ भने त्याे गर्न किन सकिँदैन ? के परिवारलाई मानसिक यातना दिएर, पत्रकारले लेख्दैन भन्ने बुझाई हाे ? यदि त्यसाे हाे भने यस्ताे बुझाई त्याग्दा उचित हुन्छ । पत्रकारले यति कुरा बुझेकाे छैन हाेला र, उस्काे काम नै लेख्ने हाे ।

जे गरे नी लेख्छ, नगरेनी लेख्छ । उसाले आफ्नाे काम, कर्तव्य र अधिकार बुझेकाे छ र न अरुलाई जवाफदेही बनाउन कलम समाएकाे छ । भनेकाे आफुमाथी पनि औला उठाउनु हाे । अन्त्यमा, याे पेशामा जोखीम छ तर, यस्ले गर्ने खबरदारीले समाजका धेरैकाे उद्धार पनि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय