गौरादह दशैँ महोत्सव : दर्शकलाई छमछमी नचाए मिलन परियारले !

२०७६ आश्विन २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – गौरादहमा जारी दशैँ महोत्सवमा दर्शकको चाप दिनप्रतिदिन बढ्दो छ । राष्टिय तथा स्थानीय कलाकारको प्रस्तुति रहदै आएको महोत्सवमा ज्योति मगर , मेलिना राई , श्रीकृष्ण लुईटेल, डम्बर नेपाली लगायतका कलाकारले दर्शक माझ आफ्नो प्रस्तुति दिईसकेका छन् ।

कलाकारको प्रस्तुतिका साथै  बालकबालिकाका लागि  रोटे पिंग, ड्रागन रेश ,नाउको रेश जस्ता  खेलले गर्दा महोत्सवको  आकर्षण बढेको छ । यसका अलावा कार्यक्रम संचालक हरि घिसिंगका घतलाग्दा शायारीले दर्शकलाई थप मनोरञ्जन प्रदान हुदै आएको छ ।

महोत्सवको  सातौं  दिनमा आज वाईल्ड कार्ड मार्फत नेपाल आईडल सिजन दुईको टप ५ मा पुग्न सफल मिलन परियारले प्रस्तुति दिएका थिए ।
नेपाली संगीत क्षेत्रमा आशाका साथ् हेरिएका गायक परियारले गौरादहका दर्शकलाई आधा दर्जन बढी गितमा छमछमी नचाए । महोत्सवमा काली प्रसाद बास्कोटा, बिष्णु सापकोटा ( हर्के हवल्दार ) , भी टेन , शिव परियार , कमल खत्री लगायतका  कलाकारको प्रस्तुति बाकि रहेको आयोजकले जानकारी दिएको छ । महोत्सव आगामी कार्तिक २ गते सम्म चल्ने छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार