महराले फिर्ता गरे सरकारी सुविधा

२०७६ आश्विन १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।

सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।

महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीमाथि यौनदुव्र्यवहारको आरोप लागेको भिडियो सार्वजनिक भएको थियो ।

शाहीले सो आरोप लगाएको भिडियो सार्वजनिक भएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । यद्यपि शाहीले त्यसको भोलिपल्टै महराले यौन दुर्व्र्यवहार नगरेको भन्न अर्को भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार