किन दिन्छन् महिलाहरु श्रीमानलाई धोका ? यस्तो छ कारण…

२०७६ आश्विन १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – हालै गरिएको एक अध्ययनअनुसार श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा फाटो आउनुको मूख्य कारण श्रीमतीले श्रीमान्लाई धोका दिनु रहेको पनि खुलासा भएको छ ।

श्रीमानले श्रीमतीमाथि अनावश्यक शंका गर्ने बानीले पनि श्रीमान् श्रमितीबीच सम्बन्ध बिग्रदै जाने र अन्तिममा बिछोडको मोडसम्म पुग्ने गरेका घटना दिनानुदिन बढ्दै गएका छन् ।

मैरिटल एण्ड फैमिली थेरेपीले गरेको एक सर्वेक्षणले भनेको छ २२ विबाहित पुरुषले आफ्ना श्रीमतीलाई धोका दिएको पाइयो भने २४ महिलाहरुले पनि आफ्ना पतिलाई छोडेका छन् । उक्त अध्ययनले पुरुषले धोका दिने मुख्य कारण शारीरिक सम्बनध रहेको देखाएको छ भने महिलाहरुले भावनात्मक सम्बनधका कारण आफ्ना पतिलाई छाडेको देखाएको छ ।

उक्त अध्ययनले देखाएका केही तथ्यहरुः

१ उक्त अध्ययनले कुनै महिलालाई पुरुष, पति वा प्रेमीले धोका, अपमान र घृर्णित भावले हेरे उसले अर्को पुरुष वा विकल्पका रुपमा साथ खोज्ने महिलाहरुको संख्या अत्यधिक भएको देखाएको छ ।

२ कतिपय अवस्थामा महिलाहरुले आफ्ना पतिसँग बदलाभाव राख्दै धोका दिने गर्दछन् । पति वा प्रेमीले धोका दिएको खण्डमा स्त्रीले प्रतिशोध साँध्दै यस्तो कदम चाल्ने गर्दछन् ।

३ कतिपय अवस्थामा महिलाहरुले पनि पुरुषकै सरह शारीरिक सम्बनधबाट सन्तुष्ट नभएर पतिलाई छाड्ने गरेका छन् ।

४ पुरुषको शारीरिक बनावटका कारण पनि कतिपय अवस्थामा स्त्रीले आफ्ना पतिलाई डिभोर्स दिन बाध्य हुने गरेको उक्त अध्ययनले देखाएको छ । यदि महिलालाई सउमाजका अन्य पात्रले तिम्रो र उसको शारीरिक बनावट मिल्दैन, तिम्रो पति, यस्तो उस्तो लगायतका वहानाबाजी सुनाएपछि महिलाहरुले मनगणन्ते सोचाईलाई ठुलो विषय बनाएपछि सम्बनधले पारपाचुकेको मोड लिएको अध्ययनले देखाएको छ ।

५ जब कुनै स्त्री पतिको भर नपरी आफै स्वाभीमानी बन्छिन्, तब उनले पतिको अपमान वा अन्य पारिवारिक दबाब सहन नसकेर सम्बनध बिच्छेदको बाटो रोज्ने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार