गौरादह दशैँ महोत्सव यसै सातादेखि

२०७६ आश्विन १५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको गौरादहमा शुक्रबारदेखि दशैँ महोत्सव आयोजना गरिने भएको छ । गौरादह उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव कार्तिक २ गतेसम्म चल्नेछ ।

गौरादह कृषि थोक बजारमा हुने महोत्सवमा स्थानीय देखि लिएर राष्टिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । शिव परियार, श्री कृष्ण लुईटेल ( बोके दारी ), मेलिना राई, डम्बर नेपाली लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन । र यसका साथै मनोरन्जनका विविध खेल आयोजना हुने जनाईएको छ ।

स्थानीय उत्पादनको प्रवद्धनका साथै उद्योग वाणीज्य संघको सहयोगार्थ आयोजना हुने महोत्सवको उद्घाटन गौरादह नगपालिकाका मेयर रोहित कुमार शाहले गर्नुहुने तय गरिएको संघका अध्यक्ष जीवन राईले बताउनुभयो । यस वर्षको महोत्सव बिगत वर्ष भन्दा फरक हुने राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार