त्रिशूली नदीमा एक दम्पती दुई नाबालक छोरासहित हामफाले

२०७६ माघ ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरु धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको पुलबाट हामफालेका हुन्।

बिहीबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने श्रीमती र दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन्। उनीहरुमध्ये बिनयलाई जिवितै उद्दा र गरिएको छ भने श्रीमतीको मृ त्यु भएको छ।

यस्तै दुई नाकाबलक छोराहरु वे पत्ता छन्। वे पत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ। उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य गरेको छ भने घटनाबारे अ नुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार