छोरी भएको घरमा निःशुल्क इन्टरनेट जडान

२०७६ माघ ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रदेश २ सरकारले ‘छोरी बिमा’ कार्यक्रम सुरु गरेको छ। बिहीबार प्रदेशका सबै जिल्लाबाट एकैसाथ सरकारका प्रतिनिधिहरू सहभागी भएर अभियान सुरु गरिएको प्रदेशका महान्यायधिवत्ता दीपेन्द्र झाले जानकारी दिए।

‘आजबाट सरकारको यो अभियान सुरु गरियो,’ उनले भने, ‘आज प्रदेशका सबै जिल्लामा प्रदेशका अधिकारीहरू सहभागी भएर सुरु भएको अभियान माघ महिना भरी प्रदेशले नै चलाउँछ।

फागुन लागेपछि प्रदेशले स्थानीय तहलाई जिम्मा लगाउँछ।’ प्रदेश सरकारले प्रदेशको १३६ वटै पालिकाहरूबाट एकद्वार प्रणालीबाट उक्त अभियान सुरु गरेको हो। बिमाको साथै जन्म दर्ता, छोरी भएको घरमा नि:शुल्क इन्टरनेटसमेत जडान गरिएको छ।

प्रदेश सरकारले माघ महिनाभरीमा २५ देखि ३० हजार छोरीहरूलाई यस अभियानमा सहभागी गराउने लक्ष्य लिएको महान्यायधिवक्ता झाले जानकारी दिए। ‘प्रदेश २ मा महिलाको साक्षरता दर न्यून छ,’ उनले भने, ’ उनले भने, बालविवाह त्यत्तिकै छ।, छोरीलाई आर्थिक बोझको रुपमा हेर्ने चलनलाई तोड्न सरकारले यो कार्यक्रम ल्याएको हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार