sajalsandesh

यसरी दाऊद काठमाडौंबाट भारतमा न क्कली नोट पठाउँछन् !

काठमाडौं – अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ । दाउदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउने गरेको उनकै समूहका एजाज लकडावालाले मुम्बई प्रहरीसँगको बयानका क्रममा खुलासा गरेका हुन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीहरुका माध्यमबाट दाउदले आप्mनो धन्दा चलाउने गरेको भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ । दाउदको समूहका सदस्य लकडावालालाई जनवरी ८ मा बिहारको राजधानी पटनाबाट गिरफ्तार गरिएको थियो ।

उनले मोस्ट वान्टेड दाउद इब्राहिमका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् । भारतीय सुरक्षा अधिकारीहरुले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् ।

लकडावालाले प्रहरी समक्ष दाउदको थाइल्याण्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागु पदार्थ पठाउने गरेको बयान दिएका छन् ।

ismt college
dish home