sajalsandesh

काग्रेस नेता जोशीले भने – नेकपाले भ्रष्टाचार गरेर भोट किन्ने पैसाको जोहो गर्यो !

झापा – नेपाली कांग्रेस भित्र बैचारिक बहस र छलफल हुनुलाई स्वभाविक रुपमा लिइनु पर्ने केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री नविन्द्रराज जोशीले बताएका छन् । लोकतान्त्रिक चरित्रनै कांग्रेसको पहिचान भएको उनले बताए ।

पार्टीको १४ औं महाधिवेशनको मिति टुंगो लागेसंगै भईरहेको गुटगत बहसलाई लक्षित गर्दै नेता जोशीले लोकतान्त्रिक पार्टीमा यस्तो हुनु स्वभाविक भएको बताए
विहिबार झापाको कमल गाउँपालिका ५ पाडाजुँगीमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार संस्थागत रुपमा नै भ्रष्टाचारमा लागेको र सत्तारुढ नेकपाले संस्थागत भ्रष्टाचार गरेर अर्को निर्वाचनमा भोट किन्ने पैसाको जोहो गरिरहेकाले आरोप लगाए । गाउँ गाउँबाट त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई निर्देशन उनले निर्देशन दिए ।

सो अवसरमा कांग्रेस कमल गाउँ सभापति खगेन्द्र भण्डारीले कमल गाउँपालिकामा कांग्रेस प्रतिपक्षी दलहरुको मोर्चाबन्दी बनाएर कम्युनिष्टहरुले गरेका भ्रष्टाचार, स्थानीय सरकारले गरिरहेका अनियमितता र ढिलासुस्ती, सार्वजनिक जग्गा अतिक्रमण लगायतका बिषयमा साझा धारणासहित खबरदारी गरिहेको बताए ।

कमल गाउँ सहसभापति राजकुमार न्यौपानेले नेता जोशी कार्यकर्ताहरुसंगको भेटघाट र छलफलका क्रममा झापा आउँदा आकस्मिक रुपमा कमल गाउँ समितिले पनि स्वागत गदैै अनौपचारिक भेटघाटको आयोजना गरिएको जानकारी गराएका थिए ।

ismt college
dish home