sajalsandesh

पक्रा उ गर्न प्रहरी घर पुग्दा दुर्गा प्रसाईं फरार

काठमाडौं – झापा विर्तामोडको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्रा उ गर्न अदालतले अनुमति दिएको छ । प्रसाईलाई अनुसन्धानका लागि पक्रा उ गर्न अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्रा उ गर्न अनुमति दिए लगत्तै उनी फरा र छन् । २० करोड घुस मागेको आरो प लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मु द्दा हालेका थिए ।

उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्रा उ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरा र रहेका छन् ।

ismt college
dish home