sajalsandesh

अमेरिका-चीनबीच व्यापार यु द्ध समाप्त गर्ने पहिलाे चरणकाे सम्झौता

एजेन्सी – अमेरिका र चीनबीच जारी व्यापार युद्धलाई समाप्त गर्ने विषयमा पहिलो चरणमा सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ राष्ट्रपतिको प्रतिनिधिका रूपमा उप-प्रधानमन्त्री लिउ हेले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा पहिलो वर्षमा चीनले यसअघि खरिद गरेभन्दा दोब्बर अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।

८६ पृष्ठ लामो सम्झौताले १८ महिनायताको व्यापारयुद्ध र दुई देशको सहमतिपछि अन्तिम रुप पाएको अमेरिकी मिडियाले जनाएका छन् । व्यापारयुद्धले अमेरिका र चीन दुवैले घाटा लागेको थियो । राष्ट्रपतीय चुनाव आउनैलाग्दा ट्रम्पले व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार चीनले यही वर्षमात्रै १२ अर्ब ५० करोड डलरको थप कृषि उत्पादन खरिद गर्ने सीएनएनले जनाएको छ । त्यसलगत्तै दुई वर्षभित्र १९ अर्ब ५० करोड डलरको सामग्री खरिद गर्नेछ । यसपछि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन् ।

सम्झौताअनुसार चीनले खरिद गर्ने सामग्री सन् २०१७ मा भन्दा २४ अर्ब डलरले बढ्ने बताइएको छ ।

ismt college
dish home