sajalsandesh

आजदेखि बैंकमा पैसा जम्मा गर्दापनि तिन पुस्ते विवरण भर्नुपर्ने

काठमाडौं – बैंकिङ प्रणाली आजदेखि थप झन्झटिलो बनेको छ । अब अरुको नाममा पैसा जम्मा गर्दा पनि परिचयको फाटोकपि पेश गर्नुका साथै तीन पुस्ते विवरण भुर्नपर्ने हुन्छ ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागू गर्दै यस्तो नियम अनिवार्य बनाएका हुन् । वाणिज्य बैंकमात्र होइन विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यो सिस्टम लागू पछि बैंकिङ केहि झण्झटिलो भएको छ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ । कालो धन नियन्त्रणा लागि भन्दै यस्तो प्रावधान लागू गरिएको हो ।

ismt college
dish home