सुनसरीमा टाउको छिनाएर महिलाको ह त्या

२०७६ माघ १, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनसरी – जिल्लाको बराहक्षेत्र वडा १ मा एक महिलाको टाउको छि नाएर शरिरको भाग भन्दा टाढा फालिएको अवस्थामा मंगलवार प्रहरीले फेला पारेको छ । बराहक्षेत्र नगरपालिका वडा १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा एक महिलाको टाउको छि नाएर ह त्या गरी फालिएको अवस्थामा श व फेला परेको हो ।

सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेका अनुसार ह त्या भएका महिलाको शरीर एकातिर थियो भने टाउको शरीरको भाग फेला परेको ठाउँ देखि करिब २१ मिटर टाढा राखिएको फेला परेको हो । टाउको संगै छुरी समेत राखिएको बरामद गरिएका न्यौपानेले बताए । शव फेला परेकी महिलाको हुलिया हेर्दा तराई समुदायकी हुन सक्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार ह त्या १५-२० दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख सरण कुमार दाहाल सहितको टोलि र सशस्त्र प्रहरी बलको टोली घ ट्नास्थ लमा पुगेर श व नि यन्त्रणमा लिई पोस्टमार्टमका लागि धरान स्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

शरीरको भाग कु हिएर किरा समेत परेको अवस्थामा फेला परेको हो । टाउमा पनि किरा परेर छुटाउनु समेत गह्रो अवस्थामा रहेको सशस्त्र प्रहरी बल प्रमुख न्यौपानेले बताए । उनले भने ‘श व फेला परेको महिलाको टाउको स्थानीयबासीहरुले घाँस काट्न आउँदा सिनुको गन्ध आएपछि के गन्हायो भनि हेर्दै जाँदा मान्छेको ला श देखि पछी प्रहरी लाई खबर गरेका हुन् ।’ उक्त टाउको सेउलाले छोपेर लुकाएको अवस्थामा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार