sajalsandesh

दु:खद खबर ! पोर्चुगलमा समुन्द्रमा डुबेर नेपाली दाजुभाइको नि,धन

लिस्बन – समुन्द्री किनारमा माछा मा र्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको नि,धन भएको छ । नि,धन हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बे पत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए । दुबै श वको अ न्त्य ष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

पानीको अभाव सम्बन्धी नीतिगत पहिचानको खोजी

एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा यसका लागि उपयुक्त नीतिगत व्यवस्था तर्जुमा गराउन राष्ट्रियस्तरमा पानीको व्यवस्थापन क्षमता अभिवृद्धि गराउन कार्यक्रमको उद्देश्य रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

एफएओ र नेपाल पानी सदुपयोग फाउण्डेशनको आयोजनामा गरिएको नेपालका लागि पानीको अभाव सम्बन्धी नीतिगत पहिचानसम्बन्धी छलफल कार्यक्रमका सहभागी वक्ताहरुले नेपाल जलसम्पदाको हिसाबले धनी भएपनि त्यसको सही उपयोग हुन नसकेकोतर्फ चिन्ता व्यक्त गरेका थिए । पछिल्लो समय विद्युत् उत्पादनमा मात्रै ध्यान दिँदा सिँचाइ ओझेलमा पर्दा कृषि क्षेत्रमा सुधार आउन नसकेकोतर्फ राज्य र सरकोरवाला निकायहरुले ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल पानी सदुपयोग फाउण्डेशनका अध्यक्ष नेपालका अधिकांश भूभागमा चार महिना मनसुनले ल्याउने बाढी भएपनि आठ महिना पानीको अभाव रहने गरेको, सुख्खाका दिनहरु बढ्दै गएको तथा सरकारले विद्युत्लाईभन्दा सिँचाइलाई प्राथमिकता नदिएको दिँदा पानीको समस्या विस्तारै टड्कारो बन्दै गएको धारणा राखे । पानी, ऊर्जा र खाद्यबीच अन्यान्याश्रित सम्बन्ध रहेकाले यसलाई केन्द्रमा राखी योजना, नीति र काूननहरु बन्नुपर्नेमा जोड दिँदै उहाँले यसतर्फ स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न सकिएमा समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए ।

ismt college
dish home