sajalsandesh

नेशनल लाईफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ ।

मृतकले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा विमा योजना खाता खोलेका थिए । उनले पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाएका थिए । १६ बर्षको सो विमा अवधि रहेको र मृत्युपछि उनकी श्रीमती सुस्मिता थपलियाले मृत्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गरेकी थिइन् ।

जसमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटनाका कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिमा दावी वापत रकम एक करोड तीन लाख १५ हजारको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथा सिघ्र फर्छ्यौट गरिएको कम्पनिको प्रदेश न. १ बिजनेस म्यानेजर प्रमुख दिपा ओलीले जानकारी गराईन ।

उनले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरिन ।

ismt college
dish home