sajalsandesh

गौरादहमा राष्ट्रिय योग दिवस मनाईयो

१ वर्षमा १५ जना योग गुरु तयार

झापा – गौरादहमा पाचौ राष्ट्रिय योग दिवस मनाईएको छ । पतंजली योग गौरादह नगर समितिको आयोजनामा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ योगाभ्यास सहितका कार्यक्रम गरि बुधबार पाचौ राष्ट्रिय योग दिवस मनाईएको हो ।

पतंजली योग समिति झापाका सचिब निर्मल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला र स्थानीयको उल्लेख्य सहभागिता थियो ।

उद्योग वाणिज्य संघ गौरादहको सभा हलमा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले बदलिँदो जीवनशैलीका कारण उत्पन्त हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योग प्रभावकारी मानिएको बताए ।

शरीर सन्तुलनमा राख्ने महत्वपूर्ण विधि योग भएकाले सबैले योगाभ्यासमा जोड दिनुपर्ने उनीहरुको भनाई थियो ।

गौरादहमा एक वर्षमा १५ जना योग गुरु तयार गरिएको छ । सोहि कार्यक्रममा हरिद्वारबाट दीक्षित भई आएका १५ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । त्यसयता हरेकवर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

ismt college
dish home