ओली–प्रचण्डलाई मार्सी भात खुवाउने प्रसाईं यसरी फसे ठूलो फन्दामा, जेल सजाय हुनसक्ने !

२०७६ माघ १, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको छलफल चल्ने क्रममा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईं ठूलो फ न्दामा फसेका छन् ।

हालसालै नियुक्त भएका चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईंविरूद्ध अदालतमा मु द्दा दा य र गरेका छन् । प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाईंवि रूद्ध गिरीले काठमाडौं जिल्ला अदालतमा मंगलबार मु द्दा दा यर गरेका छन् ।

गिरीले प्रसाईंवि रूद्ध गालीबे इ ज्जती तथा मानहानीको मु द्दा दायर गरेका हुन् । गिरीले मु द्दा जितेमा प्रसाईंलाई जेल स जाय समेत हुनसक्ने जनाइएको छ । प्रसाईंले पत्रकार सम्मेलन गर्दै गिरीले घुस मागेको आ रोप लगाएका थिए ।

बिएण्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रूपैयाँ घु स मागेको आ रोप प्रसाईंले लगाएपछि गिरी अदालत गराएका हुन् ।

‘उहाँले झू टा तथा कपोलकल्पित आ रोप लगाएर बे इज्जत गरेपछि मु द्दा दायर गरेको छु,’ गिरीले भने । प्रसाईंले सोमबार गिरीवि रूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शु द्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । दुवै एकअर्कावि रुद्ध मु द्दा दायर गरेर कानुनी कारवाही खोजिरहेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा मेडिकल कलेज चलाएर प्रचण्डसँग समेत निकट रहेका प्रसाईं पटक–पटक वि वा दास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आउने गरेका छन् । दुवै नेताको राजनीतिक आडमा प्रसाईंले मेडिकल कलेज खोलेको आ रोप समेत उनीमाथि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार