तुम्बाहाङ्फे नेपालको इतिहासमै शक्तिशाली महिला नेतृत्व

Read More…

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माननीय शिबमाया तुम्बाहाङ्फेमा वास्तममा नै कुनै कमी रहेनछ तर उनलाई सभामुख बनाउन नेकपाको जत्थालाई गाह्रो परिरहेको छ । तर तुम्बाहाङ्फेले नेकपाको नेतृत्व तहले दिएको दवावलाई गलहत्याएर राजिनामा दिन ईन्कार गरेपछि उप-सभामुखको चौतर्फी चर्चा भएको छ ।

हुनपनि हो, अहिलेसम्म कै उच्चतहमा काम गर्ने महिलाहरु मध्यकै सबैभन्दा क्षमतावान् देखिनुभएको छ उप-सभामुख तुम्बाहाङ्फे ।

औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी, चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सकृय भएको व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् कुरा भएको बुझिन्छ ।

महिला आन्दोलन कै विषयमा विद्यावारिधी गरेकै मान्छेलाई अहिले महिला भएकै कारण उक्त पदमा लैजान नेतृत्व किन अनकन गरेको छ अचम्मको विषय बनेको छ ।

सभामुखको पदमा कति राजनीति र छलकपट हुनेगरेको रहेछ भन्ने अहिले आएर जनताले बुझ्न थालेका छन् ।

पूर्व सभामुख ओन्सारी घर्तीमगर र वर्तमान सम्माननीय राष्ट्रपतिलाई हेर्ने हो भने कसैले पनि डा. तुम्बाहाङ्फेलाई असक्षम भन्न मिल्ने अवस्था छैन । तर नेपालको घिनलाग्दो राजनीति दैव जानुन् ।

नेकपा भित्र नै दुईवटा खोला बगेको छ एउटा खोलाले एमालेको पानी बोक्छ अर्को खोलाले माओवादीको । यदि शिबमाया तुम्बाहाङ्फेको अडान कायम रहने हो भने तुम्बाहाङ्फे नेपालको इतिहासमै कडा महिला हुने निश्चित छ ।

कम्युनिष्ट भित्र प्रचण्ड र ओली सर्वशक्तिमान छन् यिनीहरुको मिलेमतोमा भएको कुरा कुनैले पनि काट्न डराउँछन् तर तुम्बाहाङ्फेको यो साहसलाई मान्नुपर्छ । “जे सुकै गर, महाअभियोग लगाएपनि लगाउ तर म, राजिनामा दिन्न”।

यो नेतृत्वलाई गतिलो झापड पनि हो । पार्टि सबैको हो तर जहिले पनि अध्यक्षले मात्रै मनोमानी गर्न पाउने व्यवस्था भएको नेकपालाई अब जुनसुकै कदम लिँदापनि दुईपटक सोच्नै पर्ने बनाएको छ ।

तुम्बाहाङ्फेको साथमा पुरै जनता लागेको देखिन्छ । हाम्रो पनि साथ छ । अन्याय माथी न्याय होस् । जय नेपाल जय नेपाली ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार