सुत्केरीको मृ त्युपछि नवजात शिशुको वि चल्ली

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुगु अत्यधिक र क्तश्रावले सुत्केरीको मृ त्यु भएपछि नवजात शिशुको वि चल्ली भएको छ। गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरीपछि जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रा वले बाटोमै मृ त्यु भएको हो।

मृ त्यु भएकी सुत्केरी धनरुपा विक जिल्ला सदरमुकाम गमगढी देखि २ घण्टा टाढा जिउला गाउँकी थिइन्, उनी गाउँमा वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी भएकी थिइन्। शिशु जन्मेको लगातार चार घण्टासम्म लगातार रक्तश्राव भएको थियो। सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचरमा बोकेर ल्याउँदा ल्याउँदै मृ त्यु भएको थियो। आमाको मृ त्युपछि नवजात शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका बाबु रामबहादुर विकले बताए।

विकका अनुसार नवजात शिशुलाई गाउँकी आमाहरूले आलोपालो गरेर आजभोलि स्तनपानमा सहयोग गरेका छन्। शिशुलाई नियमित स्तनपान नहुँदा समस्या भएको छ। शिुशलाई स्तनपान र पालन पोषणका निम्ति कोही कसैले सहयोग गरिदिए धर्म लाग्ने विकले बताए।

जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल बाटो भएकाले समयमै सुत्केरीलाई अस्पाताल लान नसकेकाले सुत्केरी पत्नीको ज्यान बचाउन नसकिएको उनको भनाइ छ। विकको घरमा नवजात शिशुभन्दा अगाडिका चार बच्चा छन्। उनीहरूको पालनपोषण र शिक्षा दीक्षामा ठूलो समस्याले पिरोलेको विकले दु खे सो पोखे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार