प्रहरी हौं भनी नगद असुली गरेको अभियोगमा दुई प क्राउ

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा- बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका(१ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् ।

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अ नुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार