बार्सिलोनाको नयाँ प्रशिक्षकमा किके सेटिनलाई नियुक्त

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्तो भाल्भेर्देलाई बर्खास्त गरेको छ ।

५५ वर्षका भाल्भेर्देलाई बर्खास्त गरेर बार्सिलोनाले रियल बेटिसका पूर्व प्रशिक्षक किके सेटिनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

लगातार दुई सिजन ला लिगाको उपाधि दिलाएका भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना यो सिजन गोल अन्तरका आधारमा अघि रहँदै आएको छ । तर यो सिजन बार्सिलोनाले लगातार जस्तो अप्रत्यासित हार या बराबरीको नतिजा निकाल्दै आएको छ ।

भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको फाइनलमा भने पुग्न सकेको थिएन । ६१ वर्षका किके शेटिनले बार्सिलोनासँग साढे दुई वर्षको सम्झौता गरेका हुन् । उनलाई मंगलबार दिउँसो बार्सिलोनाले सार्वजनिक रुपमा प्रस्तुत गर्ने छ ।

भाल्भेर्देसँग उनको सम्झौता अन्त्य गर्ने सहमति भएको र किकेलाई प्रशिक्षक नियुक्त गरिएको बार्सिलोनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार