sajalsandesh

गगनले गरे गज्जबको प्रतिवद्धता, मतदातामा खुसीको बहार !

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफ्ना क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् ।

दसैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा खचाखच उपस्थित आफ्ना मतदातासँग थापाले आफू कहिल्यै नथाक्ने र शिर निहुराउने काम पनि नगर्ने वाचा गरेका हुन् ।
निर्वाचन क्षेत्रका मतदातासँग थापाले विकास निर्माणका योजना मात्रै सुनाएनन्, काठमाडौंका सडक सुधार र कालोपत्रेका लागि सडक विभागले दिएको हैरानी र कष्टका पीडा समेत सुनाएका थिए ।

थापाले तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि मुलुकले आर्थिक सम्वृद्धिको बाटो पकड्न नसकेको बताए । यही खालको राजनीतिक दिशाले छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न नसक्ने थापाको भनाई थियो

ismt college
dish home