प्रिमियर लिगमा सर्जियो अग्युरोले बनाए दुई ठूला रेकर्ड

२०७६ पुष २८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – इंगलिश प्रिमियर लिग फुटबलमा सर्जियो अग्युरोले रेकर्ड बनाएका छन् । म्यानचेस्टर सिटीका खेलाडी अग्युरोले सर्वाधिक गोलके रेकर्ड बनाएका हुन् ।

आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

उक्त क्रममा अग्युरोले ह्याट्रिक पूरा गरे । यस्तै रियाद महरेजले दुई तथा ग्राबियल जिससले एक गोल गरे । घरेलु मैदानमा एस्टनका अनवर एल घाजीले सान्त्वना गोल फर्काए ।

यो हो अग्युरोको कीर्तिमान
ह्याट्रिक गरेसँगै अर्जेन्टिनाका फरवार्ड अग्युरो प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने इंगल्याण्ड बाहिरका खेलाडीको कीर्तिमान बनाएका हुन् ।

एस्टनविरुद्ध दुई गोल गरेसँगै अग्युरोले प्रिमियर लिगमा आफ्नो गोल संख्या १ सय ७६ बनाए ।

अग्युरोले फ्रान्सका थिएरी हेनरीको १ सय ७५ गोलको कीर्तिमान तोडेका हुन् ।

प्रिमियर लिगमा अग्युरोको यो करियरको १२ औं ह्याट्रिक हो । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् । यसअघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए ।

लिगको आइतबारको अर्को खेलमा वाटफोर्डले एएफसी बर्नमाउथलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

अंक तालिका
अंक तालिकामा २१ खेलबाट ६१ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहेके छ । २२ खेलबाट ४७ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

लेस्टर सिटी ४५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार