आजको मौसम यस्तो रहेको छ

२०७६ पुष २७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपालमा कुनै पनि मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । भने अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने महाशाखाले जानकारी दिएको छ । यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको जनाइएको छ ।

आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार