sajalsandesh

उपसभामुख तुम्बाहाम्फेको प्रतिप्रश्न ! भ्रष्टाचारी हुँ कि यौ’न दुराचारी हुँ कि ? राजीनामा दिनुपर्ने कारण के हो ?

काठमाडौं – सत्ताधारी दल नेकपा सचिवालयले निर्णय गर्दैमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने स्पष्ट पारेकी छिन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै राजिनामा दिन बाध्य नहुने बताएकी छिन् ।

त्यसो त उपसभामुख तुम्बाहाम्फेले सचिवाल बैठकको निर्णयप्रति अ सन्तुष्टी व्यक्त गरिन् ।

सभामुख चयन प्रक्रिया अघि बढ्ने भएको छ । नेकपाले बेलैमा उचित निर्णय नगरे सभामुख पद अर्कै दलले फुत्काउन सक्ने सम्भावना पनि बढेर गएको छ ।

सचिवालयबाट अहिलेसम्म औपचारिक पत्र नआएको बताउँदै उनले आफूले राजीनामा दिनुपर्ने कारणसहितको पत्र आएपछि औपचारिक जवाफ दिने बताएकी छिन् ।

आफूले अहिलेसम्म कुनै गल्ती नगरेको जिकिर गर्दै उनले भनिन्–म भ्र ष्टाचारी हुँ कि यौन दुराचारी हुँ कि ? राजीनामा दिनुपर्ने कारण के हो ? प्रतिप्रश्न गरेकी छन् ।

आफ्नो कामकारबाहीप्रति चित्त नबुझे संविधानबमोजिम महाअभियोग लगाउन पनि उनले चुनौती दिएकी छिन् ।

नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसँगको भेटमा मन्त्री पदको लो भ देखाइएको बताउँदै रा जीनामा नदिने उनको तर्क छ ।

यसैबिच आफूले प्रतिनिधिसभाको बैठक अगाडि बढाउने पनि उनले बताइन् ।

ismt college
dish home